ओमीक्रोनबाट सतर्कता अपनाउन राष्ट्रपति भण्डारीले गरिन् यस्तो आग्रह-Sutra News

ओमीक्रोनबाट सतर्कता अपनाउन राष्ट्रपति भण्डारीले गरिन् यस्तो आग्रह

बिहिबार, १६ मंसिर २०७८

बिहिबार, १६ मंसिर २०७८

कोरोना भाइरसले संसारभरिको वातावरण आक्रान्त भएकावेला नयाँ भेरियन्ट ओमीक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।



कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै उनले नेपालमा नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएकोभए पनि सवै नेपाली नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइन् ।

सम्बोधनका क्रममा उनले हाम्रो संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको बताइन् । हामीलाई प्राप्त प्रकृतिको अपार स्रोतले राम्रो साथ दिएको उनले चर्चा गरिन् । राज्यको तर्फबाट संस्कृति र प्रकृतिलाई संरक्षण गर्ने कार्य भएको उनले बताइन् ।

“हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जिवन हो, प्रकृतिको आनन्द लिन स्वस्थ्य हुनुपर्छ” उनले भनिन् । चुरे क्षेत्रको संरक्षणप्रति चासो देखाउदै चुरे संरक्षण गर्न सबै नागरिकको दायित्व भएको बताउँदै चुरे जोगाउँदै विकासको गतिविधी बढाउन उनले आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले १२७ फिट अग्लो ज्योर्तिलिङ्गको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्वार, अष्टचिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण गरिन् । दुर्गा मन्दिरको पुजा अर्चना समेत उनले गरिन् ।

राष्ट्रपति भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकाले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताइन् । कैलाश आश्रमको अवलोकन तथा दर्शनकोक्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी लगायतको उपस्थिति रहेको थियो । महायज्ञ मंसिर २२ गतेसम्म चल्ने महायज्ञ मुल व्यवस्थापन समितिका संयोजक बालाराम ज्ञवालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट