कक्षा १२ को रिजल्ट प्रकाशित, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’-Sutra News

कक्षा १२ को रिजल्ट प्रकाशित, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को रिजल्ट प्रकाशित गरेको छ । बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको १२ कक्षाको रिजल्ट प्रकाशित गरेको हो ।



परीक्षामा मुलुक भरबाट ३ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । नतिजा अनुसार सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

रिजल्ट परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिनेछ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट