ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते-Sutra News

ट्याक्टर दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

रुकुपश्चिममा शुक्रबार बिहानै ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा आठविसकोट-७ कै ट्याक्टर चालक करण नेपालीको घटना स्थलमा नै मृत्यु भएको छ।



उनकी श्रीमती सपना विक गम्भीर घाइते भएकी छिन्। घाइते विकको नगरअस्पताल राडीमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता माधव श्रेष्ठले जानकारी दिए।

आठविसकोट नगरपालिका-७ राडी बजारबाट औलतर्फ जादै गरेको रा.१.त.४४१२ नं.को ट्याक्टर दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। राति १ बजेतिर ट्याक्टर दुर्घटना भएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट