देउवाले भर्चुअल माध्यमबाटै गरे प्रदेश अधिवेशनको उद्घाटन, महाधिवेशनपछि तीनै तहका चुनावमा केन्द्रीत हुन निर्देशन-Sutra News

देउवाले भर्चुअल माध्यमबाटै गरे प्रदेश अधिवेशनको उद्घाटन, महाधिवेशनपछि तीनै तहका चुनावमा केन्द्रीत हुन निर्देशन

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाटै प्रदेश नम्बर–१ को अधिवेशन उद्घाटन गरेका छन् । देउवाले सातै प्रदेशको अधिवेशनको भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम रहेको छ ।



सभापति देउवाले नै भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने भनेपछि हिजो तोकिएको प्रदेश अधिवेशन उद्घाटन स्थगित गरिएको थियो ।

देउवाले कांग्रेसले गरेका ठूलठूला संघर्षको परिणामस्वरूप आएको संघीयताअनुरूपको पहिलो प्रदेश अधिवेशन उद्घाटन गर्न पाउँदा मलाई खुसी लागेको बताए । उनले भने, ‘आगामी केही महिनामै स्थानीय तह निर्वाचनमा जानुपर्ने भएकाले संयमित र अनुशासित भएर आन्तरिक लोकतन्त्रको अभ्यासमा भाग लिनुहोला ।’

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिए । उनले भने– ‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं, त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ ।’

देउवाले प्रदेश–१ अधिवेशनको पूर्ण सफलताको कामना गर्दै मन्तव्य अन्त्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट