रियलमीले सार्वजनिक गर्यो नार्जो सिरिजमा दुई नयाँ स्मार्टफोन, मूल्य १२ हजारबाट सुरु-Sutra News

रियलमीले सार्वजनिक गर्यो नार्जो सिरिजमा दुई नयाँ स्मार्टफोन, मूल्य १२ हजारबाट सुरु

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नार्जो सिरिज अन्तर्गत दुई नयाँ समार्टफोन नार्जो ५०आई र नार्जो ५०ए सार्वजनिक गरेको छ । कम्पनीले नेपालको लागि स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँगको सहकार्यमा यी फोन नेपलाी प्रयोगकर्तामाझ उपलब्ध गराएको हो । नार्जो सिसिरिजका फोन विशेषगरी गेमिङ पर्फर्मेन्सका लागि विश्व बजारमा रुचाइएको छ । सस्तो मूल्यमा भित्रिएका यी फोनले नेपाली युवा प्रयोगकर्ताको आवश्यक्ता पूरा गर्ने दाबी कम्पनीको छ ।



फोन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा खुसी लागेको बताए । ‘हाम्रो उद्धेश्य भनेको ग्राहकलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो,’ उनले भने, ‘यसैको लागि हामीले विश्व बजारमा उदाउँदो ब्राण्ड रियलमीको नार्जो सिरिज ग्राहक माझ ल्याएका छौं ।’

सार्वजनिक भएको दुई फोनमध्ये नार्जो ५०ए मिडियाटेक हेलियो जी८५ चिपसेटमा आधारित रहेको छ । साथै
२.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर पनि छ । फोन एआईमा आधारित ट्रिपल क्यामेरा छ । त्यसमध्ये ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको कम्पनीले जनाएको छ । ६००० एमएएचको ब्याट्री रहेको फोनमा ओटीजी रिभर्स चार्ज र १८ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध छ ।

कम्पनीका अनुसार यो फोन ४ र ६ जीबी र्याम र ६४ र १२८ जीबी रोम भेरियन्टमा बजारमा उपलब्ध हुनेछ ।
त्यस्तै नार्जो ५०आईमा युनिस्को ९८६३ अक्टाकोरा प्रोसेसर छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा रिभर्स चार्जिङ समेत उपलब्ध छ । ६.५ ईन्चको डिस्प्ले रहेको फोनमा ८ मेगापिक्सेलको एआईमा आधारित क्यामेरा छ । यो फोन २ र ४ जीबी र्याम र ३२ र ६४ जीबी रोम भेरियन्टमा बजारमा उपलब्ध भएको छ ।

नार्जो ५०एमा चार जिबी र्याम र ६४ जिबी स्टोरेज मोडलको बजार मूल्य १९ हजार चार सय ९९, ४ जिबी र्याम र १२८ जिबी स्टोरेज मोडलको बजार मूल्य २१ हजार एकसय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएका छ ।

यस्तै, नार्जो ५०आईको दुई जिबी र्याम र ३२ जिबी स्टोरेज मोडलको बजार मूल्य १२ हजार नौं सय ९९ र चार जिबी र्याम र ६४ जिबी स्टोरेज मोडलको बजार मूल्य १५ हजार चार सय ९९ रहेको कम्पनीले जनाएको छ ।

दुबै मोडलका फोन मंसिर १६ गतेबाट बिक्री सुरु भएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट