एभरेष्ट बैंकका ग्राहकलाई आइएसओएन हेल्थकेयरमा विशेष छुट-Sutra News

एभरेष्ट बैंकका ग्राहकलाई आइएसओएन हेल्थकेयरमा विशेष छुट

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीलगायतका अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।



सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ । कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख ग्राहकहरु रहेका छन् । देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट