सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर लिलामीमा-Sutra News

सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर लिलामीमा

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

सानिमा बैंकले १० लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो ।



बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले न्यूनतम १ लाखदेखी अधिकतम सम्पूर्ण कित्ता माग गरि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र केन्द्रिय कार्यालय नारायणचौर नक्सालमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट