राप्रपा अध्यक्षका लागि राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी दर्ता-Sutra News

राप्रपा अध्यक्षका लागि राजेन्द्र लिङ्देनद्वारा उम्मेदवारी दर्ता

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार दिउँसो नेता कार्यकर्ताका साथमा बाजागाजासहित राष्ट्रिय सभागृहमा पुगेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।



आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसकेका छन् । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट