लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गते-Sutra News

लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गते

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

लुम्बिनी विकास बैंकले आफ्नो १४ औं वार्षिक साधारण सभाको मिति घोषणा गरेको छ । मंसिर १६ गते बसेको बैंक संचालक समितिको बैठकले पुस ९ गते भर्चुअल माध्यमबाट साधारण सभा गर्ने निर्णय गरेको हो ।



उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १३.६८ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, असार मसान्तसम्मको नाफा, नोक्सान हिसाब सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ । त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा समेत रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) मंसिर २७ गते एक दिन गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट