इन्भेष्टमेण्ट बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने-Sutra News

इन्भेष्टमेण्ट बैंकको ३५औं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग भर्चुअल रुपमा सभा सम्पन्न भएको हो ।



सभाले आर्थिक वर्ष २०७७/७८ को १६ प्रतिशत कुल लाभांश दिने प्रस्ताव पारित गरेको छ । जसमा १२.६११ प्रतिशत बोनश र ३.३८९ प्रतिशत नगद लाभांश रहेको छ ।

यो अवधिमा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको १ खर्ब ६८ अर्बबाट वृद्धि भइ १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । कुल लगानी अघिल्लो वर्ष १ खर्ब ४० अर्बबाट वृद्धि भइ १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट