स्वास्थ्यमन्त्री खतिवडाको पहलमा टेकु अस्पातालमा इमरजेन्सी सेवा नि:शुल्क-Sutra News

स्वास्थ्यमन्त्री खतिवडाको पहलमा टेकु अस्पातालमा इमरजेन्सी सेवा नि:शुल्क

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष पहलमा टेकु अस्पताल भनेर चिनिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने संभावित जोखिमलाईसमेत मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न अस्पतालले यही मंसिर १९ गतेदेखि निःशुल्क सेवा प्रवाह गर्ने भएको हो ।



अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरुको पछिल्लो २४ घण्टा भित्र हुने परिक्षण र उपचार शुल्क देखि टिकट सम्म सबै निशुल्क हुने व्यववस्था गरिएको हो । निशुल्क अन्तर्गत रगत परिक्षण, एक्सरे, इसीजी, टिकट लगायतका सुविधा र २४ घण्टा भित्रको परिक्षण सुविधा र लाग्ने औषधी समेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ । ‘सिवीसी, आरबीएस, युरीया क्रियटीभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटी लगायत रहेका छन् ।

नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट नि:शुल्क स्वास्थ्य सेवा दिलाउने उदेश्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गरिएको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ । सरकारी अस्पतालमा हुने यस्तो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले बताए । उनका अनुसार आगामी दिनमा अन्य सरकारी अस्पतालहरुमा समेत यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनेबारे पहल भैरहेको छ ।

अस्पतालको निर्देशकका रुपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै नयाँ व्यवस्था कार्यान्वयनमा आउन लागेको हो । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले नै सहयोग गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट