अदालतमा आएको विवादको जिम्मा सत्ता गठबन्धनले लिनुपर्छ- ओली-Sutra News

अदालतमा आएको विवादको जिम्मा सत्ता गठबन्धनले लिनुपर्छ- ओली

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा लैजान ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।



काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले देशलाई थप अन्यौलतातर्फ जान नदिनका लागि ताजा जनादेशमा जानुपर्ने बताएका हुन् । गठबन्धनको सरकारबाट देश चल्न नसकेको आराप लगाउदै उनले मुलुकमा गतिहिनता पैदा भएको टिप्पणी गरे । ओलीले सरकार चौतर्फी असफल भएको आरोप पनि लगाएका छन् ।

त्यस्तै ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए । गलत फैसला गराउने र आफै हुर्मत लिने कार्यपालिकाको कामले न्यायपालिकालाई बर्वाद गरेको उनको भनाई छ । त्यस्तै उनले आफुहरुले राखेका बिषय अझैपनि सम्बोधन नभएकाले संसदमा बिरोध कायमै रहने स्पष्ट पारे ।

अध्यक्ष ओलीले पार्टीको महाधिवेशन सफल भएको र जनसहभागिताबाट पार्टीमा थप उर्जा आएको बताए । चितवनमा सम्पन्न भएको एमालेको १० औं महाधिवेशनबाट अध्यक्ष ओली पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै शुक्रबार नै एमालेका अन्य पदाधिकारीले पनि पदभार ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट