बागमती कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी-Sutra News

बागमती कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशन ३ जनाको उम्मेदवारी परेको छ । पार्टी संस्थापन र संस्थापन इतर समूह गरी ३ जनाले उम्मेदवारी दिएका हुन् ।



पार्टी संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा निकट मानिएका इन्द्रबहादुर बानियाँ र संस्थापन इतर रामचन्द्र पौडेल समूहबाट जगदिश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समुहबाट भिमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रदेश कार्यसमितिको नेतृत्वका लागि नेताहरुले प्यानल नै खडा गरेका छन् । बानियाँ र केसीले आफ्नो प्यानल सार्वजनिक गरेपनि प्रधानले भने सार्वजनिक गरेका छैनन् ।

यदी कसैले उम्मेदवारी फिर्ता नलिए ३ जनाको उम्मेदवारी परेपछि ९० सदस्यीय कार्यसमितिको नेतृत्व चयन गर्न पुन निर्वाचन गर्नुपर्नेछ । कार्य तालिकाअनुसार भोली शनिबार निर्वाचन हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट