राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ [फोटोफिचर]-Sutra News

राप्रपा महाधिवेशन : नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ [फोटोफिचर]

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

राप्रपाको एकता महाधिवेशन काठमाडौँमा चलिरहेको छ । गत बुधबार सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।



अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए ।

मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन् । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ ।

नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन् । उनी पनि भोट माग्न व्यस्त देखिन्छिन् । थापाको रापप्राकी नेतृ कुन्ति शाहीसँग प्रतिस्पर्धा हुँदैछ । शाही यसअघि सहमहामन्त्री पनि भइसकेकी छन् । उनी पूर्वराज्यमन्त्रसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट