माओवादी कमजोर भयो, अब प्रचण्डपथ लागू गर्नुपर्छ – अर्थमन्त्री शर्मा-Sutra News

माओवादी कमजोर भयो, अब प्रचण्डपथ लागू गर्नुपर्छ – अर्थमन्त्री शर्मा

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८
फाइल फोटो

अर्थमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी पुनः ‘प्रचण्ड’पथमा जानुपर्ने बताएका छन् । प्रचण्डपथ छाडेर माओवादी कमजोर भएको तर्क गर्दै शर्माले प्रचण्डपथ विचारधारा पुनः ब्युँझाउनुपर्ने बताएका हुन् ।



माओवादी केन्द्रको विराटनगर महानगर समितिको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा शर्माले प्रचण्डपथ छोडेर आफूले गल्ती गरेको बताएका हुन् ।

उनले भने, ‘प्रचण्डपथ छोडेर हामीले गल्ती गरेका छौं, त्यसले हामीलाई कमजोर तुल्याएको छ । त्यस विचारलाई माथि उठाउनुपर्छ ।’

उनले प्रचण्डपथले नै जनयुद्धको विकास गरेको तर्कसमेत गरेका छन् । ‘राजतन्त्रको अन्त्य, शान्तिप्रक्रियाको नेतृत्व र देशलाई यहाँसम्म ल्याइपुर्याउने प्रचण्डपथलाई अंगाल्दै अब गर्जिएर अघि बढ्नुपर्छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट