के जबराविरुद्ध महाभियोग लगाउन र एमसीसी पास गर्न प्रतिनिधि सभाको बैठक बोलाइएको हो ?-Sutra News

के जबराविरुद्ध महाभियोग लगाउन र एमसीसी पास गर्न प्रतिनिधि सभाको बैठक बोलाइएको हो ?

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

यही मङ्सिर २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयले प्रवेश पाउने सत्तारूढ गठबन्धनका नेताहरूले खुलासा गरेका छन् ।



स्रोतले सूत्रन्यूजलाई दिएको जानकारी अनुसार महाभियोग र अमेरिकी सहयोग परियोजना दुवै सँगै अगाडि बढाउने तयारी सत्तारूढ दलहरूले गरेका छन् ।

जबरालाई महाभियोग लगाउने विषयले संसदमा प्रवेश पाउने कुरा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारी र माओवादीका नेता रामनारायण बिडारीले खुलासा गरेका छन् ।

शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै दुवै नेताहरूले अब बस्ने संसदको बैठकमा न्यायपालिकाको विषयलाई गम्भीरताका साथ उठाइने बताएका हुन् ।

यसबाट सत्तारूढ ५ दलहरू जबरालाई महाभियोग लगाउने दिशातर्फ अघि बढेको पुष्टि हुन्छ । विडारीले ११ सदस्यीय संसदीय समिति बनाएर जबरामाथि छानबिन गर्ने तयारी भइरहेकोसमेत खुलासा गरेका छन् ।

नेपाली कांग्रेसकै अर्का एक सांसदले सूत्रन्यूजसँग भने, ‘प्रधानन्यायाधीशले ग्रेसफूल एक्जिट लिनुहोला भन्ने हामीलाई लागेको थियो, तर उहाँले पहिला अस्पताल र अहिले घरबाट सर्वोच्च अदालत चलाउन खोज्नुभएको छ । उहाँ विदामा बसेर अर्का वरिष्ठ न्यायाधीशले कायममुकायम लिनुहोला भन्ने हामीलाई लागेको थियो । त्यसो भएन, अब यो विषय संसदले किनारा लगाउछ ।’

त्यस्तै अमेरिकाले दिएको डेडलाइनवरै बस्न लागेको संसद बैठकले एमसीसीबारे पनि छिनोफानो गर्ने उनले संकेत गरे । मन्त्रिपरिषदको सिफारिसमा यही २८ गते राष्ट्रपतिले प्रतिनिधि सभा बैठकको आह्वान गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट