ब्रा लगाउनु स्वास्थ्यका लागि निकै हानिकारक-Sutra News

ब्रा लगाउनु स्वास्थ्यका लागि निकै हानिकारक

शुक्रबार, १७ मंसिर २०७८

शुक्रबार, १७ मंसिर २०७८

स्तनको स्वास्थ्य र सही आकारका लागि ब्रा लगाउन जरुरी छ । शरीरको बनावटलाई आकर्षक बनाउन पनि ब्राको प्रयोग गर्ने गरिन्छ ।



तर के कसैले २४ सै घण्टा ब्रा लगाउनु उपयुक्त हुन्छ त ? एक अध्ययनका अनुसार २४ सै घण्टा ब्रा लगाउनाले शरीरमा केही समस्याहरू देखिन्छन् ।

लगातार लामो समयसम्म ब्रा लगाउनेहरूको स्तनमा दुखाइको समस्या बढ्न सक्छ । शरीरलाई असहज महशुस हुन्छ । त्यस्तै लगातार ब्रा लगाउनाले शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन । रक्तसञ्चार राम्रोसँग नभए विभिन्न आन्तरिक समस्याहरू पैदा हुन सक्छ ।

लगातार लामो समय ब्रा लगाउनाले ढाड दुख्ने समस्या पनि हुन सक्ने अध्ययनले बताएको छ । यदि ब्रा एकदम कसिलो छ भने यस्तो समस्या दोब्बर हुन सक्छ ।

लामो समयसम्म कसिलो ब्रा लगाउनाले शरीरको कोमल छालामा डाम पर्छ । त्यसले चिलाउने समस्या बढाउन सक्छ ।

त्यस्तै कसिलो ब्रा लामो समयसम्म लगाउने बानीले शरीरको आकार पनि नराम्रो बनाइदिन्छ । शरीरमा घाउसम्म हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट