बागमती प्रदेशले मन्त्रालयको संख्या बढाएर १४ पुर्यायो-Sutra News

बागमती प्रदेशले मन्त्रालयको संख्या बढाएर १४ पुर्यायो

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १४ वटा पुर्याएको छ । सत्ता गठबन्धन दलहरुलाई भाग पुर्याउन मन्त्रालयको संख्या थपिएको हो ।



प्रदेशमा यसअघि ८ वटा मन्त्रालय कायम रहेको थियो ।

मन्त्रालय विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।

बागमती प्रदेश सरकारको नेतृत्व हाल नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका छन् । सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्र साझेदार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट