विस्तारै फैलिंदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, श्रीलंकामा पनि भेटियो-Sutra News

विस्तारै फैलिंदै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, श्रीलंकामा पनि भेटियो

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

पछिल्लोपटक अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विस्तारै विश्वव्यापी रुपमा फैलिन थालेको छ । हालसम्म नयाँ भेरियन्ट मानिएको ओमिक्रोन ३३ भन्दा बढी देशहरुमा देखापरिसकेको छ ।



नयाँ भेरियन्ट ओमिक्रोन अहिले श्रीलंकामा पनि देखा परेको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एकजना व्यक्तिमा ओमिक्रोन भाइरस देखिएको बताइएको छ ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नरहेको बताइएको छ ।

अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार एकैदिन ५ जनामा सो भाइरस भेटिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो । यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट