राप्रपा महाधिवेशनः मतदान जारी, अध्यक्षबाहेक अन्य पदमा मेसिनबाट भोट हालिंदै-Sutra News

राप्रपा महाधिवेशनः मतदान जारी, अध्यक्षबाहेक अन्य पदमा मेसिनबाट भोट हालिंदै

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन प्रक्रिया अन्तरगत मतदान सुरु भएको छ । बिहान ८ बजेबाटै सुरु हुने भनिएको मतदान कार्यक्रम ४ घण्टा ढिलो गरी १२ बजेबाट सुरु भएको हो ।



ढिलोगरी सुरु भएको निर्वाचनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान हुँदैछ । विद्युतीय मतदानका लागि १ सय वटा मेसिन राखिएको छ ।

विद्युतीय मतदान अध्यक्षबाहेकका अन्य पदका लागि मात्रै प्रयोग हुने निर्वाचन समितिका सदस्य राजु बस्नेतले बताए । उनका अनुसार अध्यक्ष पदका लागि मतपत्र छापिएको छ । मतदाताको सहजता, उम्मेदवारको चाहनाअनुसार अध्यक्ष पदका लागि मतपत्र छापिएको बस्नेतले जानकारी दिए ।

निर्वाचन प्रक्रिया ढिलो हुँदा बिहान ४ बजेदेखि लाइन लागेका राप्रपाका प्रतिनिधिहरु आक्रोशित भएका थिए । निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर मतदान झन्डै १२ बजेबाट मात्रै सुरू भएका कारण राति १० बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

मतदान गर्न भृकुटीमण्डपमा महिला र पुरूष दुइटा लाइनमा बसेका छन् । एक पटकमा ८६ जनाले भोट हाल्न सकिने गरी ८६ वटा मतदान बुथ राखिएको बस्नेतले बताए ।

नेतृत्त्वको लागि एक अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्री पद र सदस्यहरुको पदमा निर्वाचन हुँदैछ । जारी अधिवेशनबाट नेतृत्त्वका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।

पार्टीको हिजो अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाको उमेदवारी दर्ता भएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट