कर्णाली कांग्रेसको निर्वाचनमा ढिलाई, अझै मतपत्र छापिंदै-Sutra News

कर्णाली कांग्रेसको निर्वाचनमा ढिलाई, अझै मतपत्र छापिंदै

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

नेपाली कांग्रेस कर्णाली प्रदेशको निर्वाचन कार्यतालिका प्रभावित भएको छ । आज दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम अझै सुरु हुन सकेको छैन ।



निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएपनि समयमै निर्वाचन सुरु नहुँदा प्रतिनिधिहरु आक्रोशित भएका छन् ।

उम्मेदवारहरू मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकोले मतदान प्रक्रिया ढिलो भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतका अनुसार उम्मेदवारहरूलाई मतपत्र डिजाइनको लागि बिहान ७ बजे उपस्थित हुन भनिएपनि ९ बजेमात्र उपस्थित भएका थिए ।

निर्वाचन समितिले डिजाइन गरेका मतपत्रमा केही त्रुटी भएको जनाएको छ भने अहिले मतपत्र छापिँदै गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट