कांग्रेसको प्रदेश २ अधिवेशन प्रभावित, शनिवारका सबै कार्यक्रम स्थगित-Sutra News

कांग्रेसको प्रदेश २ अधिवेशन प्रभावित, शनिवारका सबै कार्यक्रम स्थगित

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

अन्य प्रदेशको धमाधम अधिवेशन भइरहँदा नेपाली कांग्रेस प्रदेश २ मा भने उद्घाटनमात्रै सकेर बसेको छ । अझै निर्वाचनका कार्यक्रमहरु सुरु हुन सकिरहेको छैन शुक्रबार स्थगित गरिएको अधिवेशन शनिबार पनि स्थगित भएको छ ।



प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अधिवेशन स्थगित गरेको निर्वाचन समितिले जनाएको छ ।

सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावली आउन नसकेको कारण अधिवेशन स्थगित गर्नुपरेको निर्वाचन समितिका सदस्य अरुण यादवले बताए ।

आन्तरिक किचलोका कारण सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइसकेको र आइतबार सम्ममा जिल्लाका सबै तहका अधिवेशन सम्पन्न हुने सम्भावना रहेको यादवले बताए । उनले रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि क्षेत्र नम्बर ४ का प्रतिधिनिहरूको नामावली शनिवार १२ बजेसम्मसम्म पनि प्राप्त हुन नसकेको  बताए ।

शनिवार रातीसम्म सर्लाही बाहेक सबै जिल्लाका नामावली प्राप्त हुने सम्भावना रहेको बताउँदै यादवले २० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुे भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुने जानकारी दिए ।

प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिधिनि, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय सदस्य गरी एक हजार आठ सय ८८ जना मतदाता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट