एमसीसी पारित र महाअभियोग लगाउने कुरा सहमतिमा मात्रै हुन्छः प्रचण्ड-Sutra News

एमसीसी पारित र महाअभियोग लगाउने कुरा सहमतिमा मात्रै हुन्छः प्रचण्ड

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने वा नगर्ने र प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा सहमतिका आधारमा मात्रै हुने बताएका छन् । उनले सत्ता गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्रै कसलाई के गर्ने भन्ने विषयमा प्रष्ट हुने बताएका हुन् ।



पछिल्लो समय प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको आवाज उठ्नु र एमसीसी पास गर्नुपर्ने दवावले सत्ता गठबन्धन शंकटमा परेको बताइएपनि यसप्रति कुनै आशंका नगर्न भन्दै प्रचण्डले गठबन्धनको भविष्यबारे कुनै दख्खल नपर्ने दावी गरे ।

माओवादी केन्द्रनिकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र प्रधानन्यायाधीशविरुद्ध राष्ट्रिय सहमतिकै अधारमा निर्णय लिने बताए । उनले भने– ‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’

सत्ता गठबन्धन संकटमा पर्न थाल्यो भन्नु विपक्षिहरुले चलाएको हल्लामात्रै भएको प्रचण्डको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट