कांग्रेसलाई विचारशून्य अवस्थाबाट मुक्त गराउन मेरो उम्मेदवारीः महेश अचार्य-Sutra News

कांग्रेसलाई विचारशून्य अवस्थाबाट मुक्त गराउन मेरो उम्मेदवारीः महेश अचार्य

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले १४औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले विराटनगर पुगेर कांग्रेसलाई विचारशून्य अवस्थाबाट मुक्त गराउन भन्दै उपसभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।



बिराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै आचार्यले कांग्रेस विधानले उपसभापतिलाई नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी तोकेको भन्दै कांग्रेसलाई वैचारिक रुपमा बलियो बनाउन आफू सक्रिय रहने बताए ।

उनले लामो समय कांग्रेस केन्द्रीय समितिमा काम गरेको अनुभवलाई उपसभापतिका रुपमा प्रयोग गर्ने बताए । आचार्यले भने– ‘कांग्रेसमा विचार र नीतिका कुरा हुन छाडेका छन् । विचारको जगमा मात्रै कुनै पार्टी बलियो हुन्छ । मेरो उम्मेदवारी कांग्रेलाई सैद्धान्तिक र वैचारिक रुपमा बलियो बनाउनका लागि हो ।’

उनले कांग्रेसमा सभापति जो निर्वाचित भएपनि विचारप्रधान कार्यक्रम अघि सार्नुपर्ने बताए । आफूले सबै नेतासँग परामर्श गरिरहेको भन्दै नेता आचार्यले सभापति जो बनेपनि आफूले सहकार्य गरेर काम गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट