नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संकरण सम्पन्न, खरेललाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड-Sutra News

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेस्रो संकरण सम्पन्न, खरेललाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड

शनिबार, १८ मंसिर २०७८

शनिबार, १८ मंसिर २०७८

नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । विभिन्न ५० देशका १०७ वटा चलचित्र, वृत्तचित्र एवं एनिमेशन, लघुचलचित्रहरुले फिल्म फेस्टिवलमा भाग लिएका थिए ।



भव्य रुपमा आयोजना गरिएको फिल्म फेस्टिवलमा प्रतिश्पर्धीमध्यबाट सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड नेपाली कथानक चलचित्र ‘कुईनेटो’का निर्देशक माधव राज खरेलले प्राप्त गरे ।

त्यस्तै महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट दयाट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए ।

त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन फिल्म बडीज द्याट फाइट (चिली), वुमेन फिल्म फेमिनाईजेसन (लेबनान), चिल्ड्रेन फिल्म कर्मा (ईरान), सर्ट फिल्म द ट्यालेन्ट (रसियन फेडेरेसन), जूरी च्वाईस फिल्म मन्नू (भारत), विशेष फिल्म सेनाइ (भारत), स्पेशल मेन्सन फिल्म अन्टार्कटिका (बुल्गारिया) । स्पेशल मेन्सन फिल्म सरिता (नेपाल), रिकग्निशन फिल्म अर्थ इज होम (ट्यूनीसा), रिकग्निशन फिल्म फायर अफ टीक फ्लेम अफ चिनार (भारत)ले उक्त महोत्सवमा उत्कृष्ट अवार्ड जित्न सफल भएका थिए ।

कार्यक्रममा कलाकार प्रेम पाण्डे, पेजेन्ट डाईरेक्टर निशकान्त झा, समता फाउन्डेशनका दिपक संजेल, पत्रकार राजन थापा लगायतका ब्यक्तिहरुलाई आयोजकले सम्मानसमेत गरेको थियो ।

नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय चलचित्र क्षेत्रसंग जोड्ने एवं नेपाली चलचित्र, कला र संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्यले चलचित्र महोत्सव आयोजना गरिएको नेपाल कल्चरल फिल्मी सेन्टरले जनाएको छ ।

मंसीर १५ देखी १७ गतेसम्म तीन दिन संचालन भएको कार्यक्रममा आयोजनामा सहभागीता जनाएका विभिन्न चलचिहरुको प्रर्दशनी गरिएको फेष्टिवलका निर्देशक सन्तोष सुवेदी जानकारी दिए ।

सर्वोत्कृष्ट निर्देशकको उपाधी हात पारेका खरेलले नेपालमै अन्तराष्ट्रिय स्तरको फिल्म फेस्टिवल आयोजना हुनु ज्यादै सुखद रहेको बताउदै त्यसमाथि नेपाली चलचित्रका निर्देशकले नै सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउनु झन् खुसीको कुरा रहेको बताए ।

यूवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विधाका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, ह्युमन राइट्स, चिल्ड्रेन फिल्म, वुमन फिल्म र एनिमेटेड फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, जुरी अवार्ड लगाएत विभिन्न २५ वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।

ऋषि लामीछाने, दिनेश राउत, बिष्णु प्रसाद सुवेदी, उत्तम न्यौपाने, शितल केसी लगायतका नेशनल जुरी र डेभिड विल्सन, बोर्जे लुम्बर्ग, योङ उ किम, विलजान टुटोरोभ, मिया माईल्जर, रादा सेसिक लगायतका ईन्टरनेशनल जुरीहरुले चलचित्रका मुल्यांकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट