यस्तो छ आगामी तीन दिनको मौसम-Sutra News

यस्तो छ आगामी तीन दिनको मौसम

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद (JAWAD) कमजोर भैई निम्न चापिय प्रणाली (Depression) को रुपमा रहेको छ साथै नेपालको पुर्वी भुभागमा यस प्रणालीको  आंशिक प्रभाव रहेको छ ।



हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर १९ गते (आईतबार)

दिउँसो : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

२०७८ मंसिर २० गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर २१ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ तथा अन्य प्रदेशका पहाडी भू-भागमा आन्सिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरूका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेश

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट