काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिंग्देन विजयी भएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले अर्का उम्मेदवार कमल थापालाई हराउंदै अध्यक्षमा आफूले जितेका हुन् ।
उनलाई निवर्तमान अध्यक्ष कमल थापाले बधाई दिएका छ ।
लिङ्देनले १८१७ र थापाले १६१८ मत पाएका छन् । थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् ।
तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।