थापाले अध्यक्षमा हारेपनि परिवारका ३ सदस्य केन्द्रीय समितिमा निर्वाचित-Sutra News

थापाले अध्यक्षमा हारेपनि परिवारका ३ सदस्य केन्द्रीय समितिमा निर्वाचित

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् ।



त्यस्तै भाइ गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् । छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन् । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।

राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा डा। धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट