राप्रपा महाधिवेशनः सर्वाधिक मत ल्याउने क्लस्टरका नेतृत्वहरु (सूचीसहित)-Sutra News

राप्रपा महाधिवेशनः सर्वाधिक मत ल्याउने क्लस्टरका नेतृत्वहरु (सूचीसहित)

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८
संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ ।

पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् ।



गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा शनिवार राति अबेरसम्म खसेको ३ हजार १७ मध्ये पाण्डेले २ हजार ५२१ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेदवार हुन सफल भएका छन् भने महामन्त्रीका उम्मेदवार सर्वाधिक मत ल्याउने उम्मेदवारमा दोस्रो नम्बरमा रहेका छन् । जसअनुसार महामन्त्रीका उम्मेदवार राणाले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए ।

आइतवार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको सुची अनुसार सबैभन्दा बढी मत ल्याउने विभिन्न क्लस्टरका उम्मेदवारको नामावलीः

अध्यक्षः राजेन्द्र लिङदेन– १८४४

खुल्ला उपाध्यक्षः विक्रम पाण्डे– २५२१

महिला उपाध्यक्ष: रोशन कार्की–१५८९

खुल्ला महामन्त्रीः धवल शमशेर राणा – २२२१

महिला महामन्त्रीः कुन्तिकुमारी शाही – २००८

आदिवासी जनजाति खुल्लाः आङनिमा शेर्पा –२०२५

मुस्लिम खुल्लाः मदिना खातुन – १७५४

महिला खुल्लाः कुन्तिदेवी पोखरेल – २०८०

मधेसी खुल्ला – १९५२

प्रवास खुल्ला– शशीकुमार सिल्वाल १५३१

उत्पीडित खुल्ला– मिना स्वर्णकार १४६३

कर्णाली तथा पिछडिएको क्षेत्र– कालिबहादुर शाही

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट