रिलायन्स लाइफको पुस ११ गते साधारण सभा, यस्तो छ मूख्य एजेण्डा-Sutra News

रिलायन्स लाइफको पुस ११ गते साधारण सभा, यस्तो छ मूख्य एजेण्डा

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

रिलायन्स लाइफ इन्स्योरेन्सले ११ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न अनमोल बैंक्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजेका लागि आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा आह्वान गरेको हो ।



सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको पाँच दशमलव २६ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

साधारणसभा र लाभांश प्रयोजनको लागि कम्पनीले २६ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार, २५ मंसिरसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट