अध्यक्षमा पराजित भएका कमल थापाको राजाप्रति यस्तो आक्रोश-Sutra News

अध्यक्षमा पराजित भएका कमल थापाको राजाप्रति यस्तो आक्रोश

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।



राप्रपाको महाधिवेशनमा निर्वाचन प्रमुख हरिबहादुर बस्नेतले बताए अनुसार लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन्।

गत बुधवारदेखि काठमाण्डूमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम आज प्राप्त भएको हो।

पार्टी प्रवक्ता मोहनबहादुर श्रेष्ठले जनाए अनुसार लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन्।

कुल मतदाता करिब ३८ सय रहेका थिए। त्यसमध्ये ४३१ मत बदर भएको श्रेष्ठले बताए।

कमल थापाले सामाजिक सञ्जाल मार्फत् आफ्नो हार स्वीकार गरेका छन्।

उनले सामाजीक संजालमा लेखेका छन्, सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट