१५ मिनेटमै ‘ओप्पो रेनो ७’ सिरिजका सबै स्मार्टफोन बिक्री-Sutra News

१५ मिनेटमै ‘ओप्पो रेनो ७’ सिरिजका सबै स्मार्टफोन बिक्री

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

ओप्पोले चिनियाँ बजारमा गत हप्ता ओप्पो रेनो सेभेन सिरिज सार्वजनिक गरेको थियो । यसअन्तर्गत रेनो ७ एसई, भेनिला रेनो ७ र रेनो ७ प्रो रहेका छन् ।



कम्पनीले चिनियाँ बजारमा यो सिरिजको पहिलो सेल सम्पन्न गरेको छ । जसअनुसार स्टकमा राखिएका सबै स्मार्टफोन सुरुको १५ मिनेटमै बिक्री भएको कम्पनीले जनाएको छ ।

यसबाट १०० मिलियन चिनियाँ युआन (एक अर्ब ८८ करोड रुपैयाँभन्दा बढी) मूल्यको फोन बिक्री भएको कम्पनीले जनाएको छ ।

ओप्पोले सुरूवाती चरणमा आफ्ना यी तीन मोडल चीनको आफ्नै स्टोरबाट बिक्री गरेको थियो ।

साविकको रेनो ६ सिरिजको पहिलो सेलको तुलनामा यो सिरिजको बिक्री १५० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट