साताको पहिलो दिन, सुन तोलामा ७ सयले बृद्धि-Sutra News

साताको पहिलो दिन, सुन तोलामा ७ सयले बृद्धि

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८
sun

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।



आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट