सन्‌राइज बैंकको साधारणसभा पुस १५ गते, लाभांश प्रस्ताव पारित गर्ने प्रमुख एजेन्डा-Sutra News

सन्‌राइज बैंकको साधारणसभा पुस १५ गते, लाभांश प्रस्ताव पारित गर्ने प्रमुख एजेन्डा

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

सन्‌राइज बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेडासहित आम्रपाली ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे सभा आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।



सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

बैंकले सधारणसभा प्रयोजनार्थ ४ पुसमा एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ । यसअनुसार ३ पुससम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट