थापाथलीमा गाडीले स्कुटरलाई दियो ठक्कर, १९ वर्षका सुजनले गुमाए ज्यान-Sutra News

थापाथलीमा गाडीले स्कुटरलाई दियो ठक्कर, १९ वर्षका सुजनले गुमाए ज्यान

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

काठमाडौँ । काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।



बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट