सांसद जसपाका, मतदान कांग्रेस नेतालाई-Sutra News

सांसद जसपाका, मतदान कांग्रेस नेतालाई

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३  जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए ।



प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएकाे थियाे । तर पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दाेस्राे चरणकाे मतदान भइरहेकाे छ ।

हेटौंडामा भएकाे कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेकाे स्राेतले बतायाे । बाग्मती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बाग्मती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट