भारतमा चौथो व्यक्तिमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन-Sutra News

भारतमा चौथो व्यक्तिमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

भारतमा अर्को एक जनामा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन भेरियन्ट देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ ।



पेसाले समुद्री इन्जियर रहेका ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।

उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरियन्ट देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट