लिङ्देनको जवाफ: ‘राजावादी पार्टीमा ओलीले हस्तक्षेप गर्दैनन् थापा जी’-Sutra News

लिङ्देनको जवाफ: ‘राजावादी पार्टीमा ओलीले हस्तक्षेप गर्दैनन् थापा जी’

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिएका छन् ।



आइतवार बिहान चुनावको मत परिणाम आएसँगै थापाले सामाजिक सञ्जालमार्फत पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै टिप्पणी गरेका थिए ।

उनले सिङ्गो देश गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको पनि गुनासो गरेका थिए ।

यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै थापालाई नवनिर्वाचित अध्यक्ष लिङ्देनले लेखेका छन् : ‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’
चुनावमा थापा लिङ्देनसँग दुई सय मतले पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट