राजेन्द्र थापाको गीत सम्झिँदै कमल बने भावुक : पोहोर साल खुसी फाट्दा…-Sutra News

राजेन्द्र थापाको गीत सम्झिँदै कमल बने भावुक : पोहोर साल खुसी फाट्दा…

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राप्रपा अध्यक्षबाट पराजित भएपछि कमल थापा सामाजिक सञ्जाल फेसबूक र ट्वीटरमा सक्रिय देखिएका छन् । आइतवार अपराह्न उनले गीतकार राजेन्द्र थापाको गीतको केही अंश सेयर गरेका छन् ।



उनले लेखेका छन्, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो ।

“पोहोर साल खुशी फाट्दा

जतन गरि मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?”

राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनले थापालाई पराजित गरेका थिए । थापाले पूर्व राजा ज्ञानेन्द्रले हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले आफू जिन्दगिभर राजा बोकेर हिँडेको फल अहिले पाएको भन्दै व्यंग्यसमेत गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट