कोरोनाबाट आज १ जना बिते, थप २०५ जनामा संक्रमण-Sutra News

कोरोनाबाट आज १ जना बिते, थप २०५ जनामा संक्रमण

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ ।



पछिल्लो २४ घण्टामा देशभर १० हजार ७४७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ०४ हजार ८८४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

२४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट