आगामी निर्वाचनमा एकीकृत समाजवादी एमाले भन्दा ठूलो पार्टी बन्छः खतिवडा-Sutra News

आगामी निर्वाचनमा एकीकृत समाजवादी एमाले भन्दा ठूलो पार्टी बन्छः खतिवडा

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

स्वास्थ्यमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सचिब एवं स्थायी कमिटी सदस्य विरोध खतिवडाले आगामी निर्वाचनमा आफ्नो पार्टी एमाले भन्दा निकै ठूलो हुने दावी गरेका छन् ।



आज काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको पार्टी एमाले कम्युनिष्ट आर्दश र सिद्धान्तबाट च्युत भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एकीकृत समाजवादी स्वभाविक रुपमा ठूलो हुने दाबी गरेका हुन् । हो ।

‘हाम्रो पार्टी ले यतिनै सिट ल्याउँछ भनेर त अहिल्यै भन्न सक्दिन तर एमालेभन्दा चाहिँ पक्कै पनि ठूलो पार्टी बन्नेछ, तपाईहरू ढुक्कसँग लाग्नुस् । तपाईहरूलाई हामी निराश हुन दिने छैनौँ,’ खतिवडाले भन्नुभयो । उनले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्नुको कारण बताउँदै यो पार्टीले आम जनताको भावना विपरित कुनै पनि काम नगर्ने ठोकुवा गरे ।

ुमलाई कुनै वाहुला कुकुरले टोकेको छैन् । म मकवानपुरबाट पटक पटक निर्वाचित हुँदै आएको मान्छे, यो पटक एमालेमै बसेको भए सकिने थिएँ । ९एस० पार्टीमा लागेपछि सुरक्षितसाथ आनन्दको सास फेर्न पाएको छु,’ खतिवडाले भने ।

खतिवडाले केपी ओलीको पार्टी एमालेलाई ‘नो’ को संज्ञा दिए । ‘हाम्रो पार्टीलाई विभिन्न मिडियाले विभिन्न उपनाम दिईरहेका छन् । धेरैले मावध कुमार नेपालको (एस) पार्टी भन्ने गर्छन् । हो यो एस पार्टी नै हो । एमाले ‘नो’ पार्टी हो । यो उनीहरूको ब्यवहारले प्रष्ट पारिसकेको छ,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट