अन्तर्मनभित्र आफ्नै मान्यतामाथि गम्भीर प्रश्न खडा भएको छः कमल थापा-Sutra News

अन्तर्मनभित्र आफ्नै मान्यतामाथि गम्भीर प्रश्न खडा भएको छः कमल थापा

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।



हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गरेका छन् ।

दिउँसो फेरि उनले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उनले राजेन्द्र थापाको कविता पनि उल्लेख गरेका छन् । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,’ थापाले कविता उल्लेख गर्दै भनेका छन् ।

‘पोहोर साल खुशी फाट्दा

जतन गरि मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने होरु’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट