एउटी दुलहीलाई लिन एकैपटक दुई दुलाहा पुगेपछि मण्डपमै हङ्गामा-Sutra News

एउटी दुलहीलाई लिन एकैपटक दुई दुलाहा पुगेपछि मण्डपमै हङ्गामा

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८
फाइल तस्वीर

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।



ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए ।

जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गरिन् । झैझगडा हुन लागेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले दुलही र उनका प्रेमीलाई हिरासतमा लियो ।

अनौठो कुरा त, दुलहीका प्रेमीको पनि अर्कै ठाउँमा विवाह हुन लागेको थियो । तीन पक्षबीच प्रहरी चौकीमा घन्टौंसम्म कुराकानी भएपछि दुलही पक्षले जन्ती लिएर आएका दुलाहालाई भैगो भने । त्यसपछि उनले तिलकमा पाएको मोटरसाइकल फर्काए ।

अनि दुलहीका प्रेमीले पनि अर्को कुरा चलेको ठाउँमा सामान फर्काए । तीनै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रहरीको उपस्थितिमा दुलही र उनको प्रेमीको विवाह भयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट