१ सय ५८ मतका साथ वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित-Sutra News

१ सय ५८ मतका साथ वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।



पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका छन् ।

२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट