भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन, अध्यक्षमा खर्वुजा-Sutra News

भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन, अध्यक्षमा खर्वुजा

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेको छ ।



एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।

भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सिपमूलक तालिम आयोजना गर्न एसोसिएसन गठन गरिएको उनले बताए ।

एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायी आवद्ध हुन सक्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट