न्युजिल्यान्डविरुद्ध भारतको सर्वाधिक अन्तरको जित-Sutra News

न्युजिल्यान्डविरुद्ध भारतको सर्वाधिक अन्तरको जित

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत ३७२ रनले विजयी भएको छ । सोमबार बिहान न्युजिल्यान्ड ५६।३ ओभरमा १६७ रन बनाएर अलआउट भयो । यो जीत भारतले आफ्नो घरेलु हासिल गरेको सबैभन्दा ठूलो मार्जिनको टेस्ट जित हो ।



सन् २०१५ मा भारतले दिल्लीमा दक्षिण अफ्रिकामाथि ३३७ रनको जित हासिल गरेको थियो । त्यो जीतलाई न्युजिल्यान्डविरुद्धको विजयले ओझेलमा पारिदिएको छ ।
न्युजिल्यान्डविरुद्धको श्रृंखला १–० ले जितेपछि भारतीय प्रशिक्षक राहुद द्रबिडले जीतका लागि आफूहरूले धेरै मेहनत गर्नु परेको प्रतिक्रिया दिए ।

‘यो श्रृंखला जित्न मेहेनत गर्न पर्‍यो भलै नतिजाले हामीलाई बलियो देखाएको छ । कानपुरमा हामीले अन्तिम विकेट लिन नसक्दा जीतबाट चुकेका थियौँ । कतिपय क्षणमा हामी पछि पनि परेका हो । तर खेलाडीहररूले असाध्यै मेहेनत गरे,’ द्रबिडले भनेका छन् ।

सोमबार बिहान जयन्त यादवले ४९ रन खर्चेर चार विकेट लिए । यसैगरी रविचन्द्र आश्विनले सोमबार नै चौथो विकेट लिए । जीतका लागि दोस्रो इनिङमा ५४० रन पछ्याइरहेको न्युजिल्यान्ड पहिलो सेसनमा ४३ मिनेट मात्रै टिक्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट