घरमै नजरबन्दमा रहेकी वर्माकी नेतृ सुकीलाई ४ वर्षको जेल सजाय-Sutra News

घरमै नजरबन्दमा रहेकी वर्माकी नेतृ सुकीलाई ४ वर्षको जेल सजाय

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाँय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।



उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट