विश्वभरका अलग अलग देशमा पारपाचुके अर्थात डिभोर्सका विषयमा आआफ्नै परम्परा, नियम र कानुन रहेका छन् । तर केहि यस्ता देश पनि छन् जहाँ डिभोर्सको कुनै प्रावधान रहेको छैन ।
फिलीपीन्स विश्वको एकमात्र यस्तो देश हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलीपीन्स कैथोलिक देशका समुहको एक हिस्सा हो । कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन ।
पोप फ्रान्सिस सन् २०१५ मा फिलीपीन्स गएका बेला उनले त्यहाका धर्मगुरुसंग डिभोर्सका प्रावधान राख्न अपील गरे । तर फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्विकार गरीएन । फिलीपीन्सका ईसाई धर्मगुरुले पोप फ्रान्सिसको अपील मानेनन् । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् ।
फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका ७ प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मीकता अनुसार डिभोर्स गर्दै आएका छन् ।