काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर सिंहले खोले सम्पर्क कार्यालय-Sutra News

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर सिंहले खोले सम्पर्क कार्यालय

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।



उद्घाटन कार्यक्रममा काठमाडौं कांग्रेस सभापति कृष्णसबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ नेता सिंहको दायाँ–बायाँ राखेर थिए । साथमा कांग्रेस केन्द्रीय सदस्य राजन केसी र काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो । ललितपुर कांग्रेसका सभापति केही दिनअघि मात्र संस्थापन पक्षको सहयोगमा विजयी भएका थिए ।

नेता सिंहले अब कार्यालयमा नेता तथा कार्यकर्तालाई भेटघाट गर्नेछन् । कांग्रेसको संस्थापन इतरमा साझा सभापतिको घोषणा गर्ने तयारी भइरहेका बेला सिंहले सम्पर्क कार्यालय खोल्नुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका लागि कति तयारी गरेको भन्ने यहीँबाट बुझ्नुपर्ने नेता सिंहले बताए ।

सम्पर्क कार्यालय खोलेपनि सहमतिबाट उम्मेदवार तय गर्न आज इतर समूहका शिर्ष नेता र केन्द्रीय सदस्यहरूको सिंह निवास चाक्सीबारीमा दिउँसो १ बजे बैठक बस्दैछ । ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट