ओलीलाई ज्ञापनपत्र बुझाउन बालकोट जाँदै बार पदाधिकारी-Sutra News

ओलीलाई ज्ञापनपत्र बुझाउन बालकोट जाँदै बार पदाधिकारी

मंगलबार, २१ मंसिर २०७८

मंगलबार, २१ मंसिर २०७८
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।



बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् । यसअघि बारको टोलीले अन्य राजनीतिक दलका नेताहरुलाई भेटेर राणालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रधानन्यायाधीश राणाका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत राणाको राजीनामा माग्दै आएका थिए । तर राणाले आफु संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरित राजीनामा नगर्ने अडान अघि सारेपछि उनीमाथि महाअभियोग लगाएर भएपनि हटाउनुपर्ने माग नेपाल बारले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट